चितवन,फागुन २६ –
सुजुकीले दुई नयाँ मोडलका गाडीहरु बजारमा ल्याएको छ । शुक्रबार कार्यक्रमको आयोजना गरि दुई नयाँ गाडी एक साथ भरतपुरमा सार्बजनिक गरेको हो ।
ग्राण्ड भिटारामा १.५ लि इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड इन्जिनमा दोहोरो पावर प्रणाली, ६ वटा एयरव्याग, उत्कृष्ट अफ–रोडिङ क्षमता लगायत नेक्सट जेन टेक्नोलोजी प्रयोग गरिएको छ भने ब्रेजामा आधुनिक र आरामदाई इन्टेरियर, ६ वटा एयरव्याग, सबै भेरियन्टमा इलेक्ट्रोनीक स्टेविलिटी असिस्ट, नेक्स्ट–जेन पावरट्रेन र ट्रान्समिसन प्रयोग गरिएको छ ।
कार्यक्रममा सादभि इन्टरनेशनल प्रा.ली का प्रबन्ध निर्देशक सुरज राज जोशी, सुजुकीका डिलर इन्र्चाज तुफान शाहिको उपस्थिती रहेको थियो ।
ग्राण्ड भिटाराको बजार मुल्य ६० लाख ९९ हजार देखि ८५ लाख २९ हजार रुपैयाँ सम्म र ब्रेजाको बजार मूल्य ४१ लाख ९९ हजार देखि ५३ लाख २९ हजार रुपैयाँ सम्म रहेको छ ।