काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलामा एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यस दिन तेजाबी सुन तोलामा एक लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार १२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार