काठमाडौं – नेपाल बैंकर्स संघले साधारण बचतको ब्याजदर घटाउने निर्णय गरेको छ ।बिहीबार बसेको बैकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको संघका अध्यक्ष समेत रहेको एनएमबि बैंकका सिइओ सुनिल केसीले बताए ।
तर मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखिएको उनले बताए । यसले कुनै असर नगर्ने उनको भनाइ छ । अहिले बचतको ब्याजदर ६।४२ रहेकोमा त्यसलाई घटाएर ६ प्रतिशतमा झारिएको छ । यस्तै ३।२ प्रतिशत ब्याजदर रहेको कुल निक्षेपको पनि ०।२१ प्रतिशतले घटाइएको छ । उक्त निर्णय चैत १ गतेबाट लागू हुने भएको छ ।
यता साना ऋणीलाई राहत दिन प्रिमियम पनि ५ प्रतिशत भन्दा बढी जोडेर ऋणको बयाजदर लिन नपाइने व्यवस्था गरेको केसीले जानकारी दिए । यसअघि ६ प्रतिशत लिने गरेको उनको भनाइ छ । कुनै बैंकको आधारदर १० प्रतिशत छ भने अब उसको ऋणबो ब्याजदर १५ प्रतिशत भन्दा माथि गर्न पाइने छैन ।
यसअघि सिटिजन्स बैंक, एभरेष्ट बैंक र सानिमा बैंकले २ प्रतिशतसम्म प्रिमियम घटाएका थिए । उनीहरुले अधिकतम ४ प्रतिशत भन्दा बढी लिन नपाउने व्यवस्था गरिसकेका छन् ।