चितवन, फागुन २५
चितवन राष्ट्रिय निकुञ्जमा एक गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत शेरी पोष्ट नजिक कोर क्षेत्रमा भाले गैंडा मृत भेटिएको हो ।
आज बिहान ९ः३० बजे निकुञ्जको गस्ती टोलीले अन्दाजी २० बर्षको गैंडा मृत अवस्थामा भेटेको हो ।
गैंडाको खाग र खुर सुरक्षित रहेको जनाइएको छ । एक अपासमा जुधेर गैंडाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको तिवारीले बताए ।
यो सँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा मृत्यु हुने गैंडाको संख्या १३ पुगेको छ ।






