काठमाडाैं फागुन २१,
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्।
आइतबार दिउँसो प्रदेश सभा बैठकमा उपस्थितमध्ये शाहले ५२ जना सांसदमध्ये ४१ मत पाए। शाहले दुई तिहाइ भन्दा बढि मत पाएका हुन।
सुदूरपश्चिकम प्रदेशसभा ५३ सदस्यीय छ। यहाँ कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ जना छन् भने राप्रपा र स्वतन्त्र सांसद १/१ जना छन्।
शाहलाई एमालेका १० तथा राप्रपाका १ जना प्रदेश सभा सदस्यले भने मत दिएनन्।
योसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगिएको छ।
७ सांसद रहेको नागरिक उन्मुक्तिले मत नदिएपछि यसअघि एमालेका राजेन्द्र रावलले विश्वासको मत पाएका थिएनन्।
त्यसपछि प्रदेशको ठूलो दलको हैसियतले शाह मुख्यमन्त्री नियुक्त भएका थिए।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार