ओखलढुंगा फागुन २१,
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आइतवार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको ना१ज ८४८३ नम्बरको जीपमा १३ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी सुकदेव खनालले जानकारी दिए ।
उनका अनुसार नेपाली सेनाले घाइतेहरूलाई उद्धार गरिरहेको छ । २ जनाको अवस्था गम्भीर छ ।