१७ फागुन, वीरगञ्ज –
बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती बस्ने ४५ वर्षीय गापन दर्लामीको मृत्यु भएको हो ।
जंगलमा घाँस दाउरा लिएर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीले उनको टाउको र हातमा कुल्चिएको पाइएको प्रहरीले जनाएको छ । स्थानीयले जंगली हात्तीले मान्छे मारेको छ भनेर खबर गरेपछि इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी टोली पुगेको थियो ।
‘रौतहटबाट बाराको कलैया–२६ दोहरी पकडी हुँदै ठूलो जंगली हात्ती आएको हो, यसअघि ६ वटा घर बारामा भत्काइसकेको थियो,’ उनले भने, ‘ जिल्ला वन कार्यालय, बारा, पर्सा राष्ट्रिय निकुञ्जलाई जानकारी गराएका छौं । गाउँलेलाई सचेत रहन भनेका छौं ।’