काठमाडौँ – सेयर बजार परिसूचक नेप्सेमा मंगलबार ३ अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक ३.६१ अंकले घट्दै २ हजार १९.९३ अंकमा झरेको हो ।कारोबार रकम समेत खुम्चिएर १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमा झर्न पुगेको छ । हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक ९ वटा उपसूचक आज ऋणात्मक भएका छन् ।
यद्यपि, आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।प्रिमियर इन्स्योरेन्स र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताहरुले भने आज क्रमशः ३.८५ प्रतिशत र ३.८४ प्रतिशतले गुमाएका छन् ।