काठमाडौं – साताको दोस्रो दिन सोमबार सुनको मूल्य फेरी घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेर १ लाख १ हजार ८ सय रुपैयाँ कायम रहेको छ ।
अघिल्लो दिन आइतबार मात्रै १४ सय रुपैयाँले घटेर १ लाख २ हजार रुपैयाँमा झरेको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी सोमबार चाँदी ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।