काठमाडौं फागुन १४
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिरालोको संज्ञा दिएका छन् । सहिद तथा घाइते परिवारको कार्यक्रममा आइतबार ओलीले दुध र भात दिए ‘छिमेकीको बिरालो आफ्नै भइहाल्छ’ भन्ने उखान सम्झँदै कटाक्ष गरे ।
जनतालाई धोका दिएका प्रचण्डले आफूलाई धोका दिनु नौलो नभएको ओलीको आरोप छ ।
“जनतालाई धोका दिनुभयो । सहयोद्धालाई धोका दिनुभयो । आफूलाई त्यस ठाउँमा पुर्याउन जीवन दिने सहिदलाई धोका दिनुभयो । भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो ?,” ओलीले भने ।
प्रधानमन्त्रीले सहिदलाई बिर्सिएर आफ्नै परिवार मात्रै सम्झने गरेको ओलीको भनाइ छ । ओलीले पारदर्शिताका काम गर्दै जनताको काम गर्ने गरी प्रयास गरे पनि प्रचण्डले बोल्ने गर्ने काममा फरक भएको बताए ।