काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
महासंघको जानकारी अनुसार बिहिबार तोलाको एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य तोलाको १०० रुपैयाँ घटेर एक लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १ हजार ९०० रुपैयाँ कारोबार हुँदैछ ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघको विवरण अनुसार चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको १२७५ रुपैयाँमा कारोबार भइरहेको छ ।