Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. कारले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा तीन जना घाइते

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

हिमपात नहुँदा भोकमरीको जोखिम

बझाङ – सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन् । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट हुने भन्दै चिन्ता व्यक्त गर्छन् ।जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । खेतबारी नै हरियाली हुन्थ्यो । बुढाले भने, “यो सिजनमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत गहरा गहुँमय हुन्थे । तोरी पनि रहरलाग्दो हुन्थ्यो । अइलका वर्ष भन्या दशा लाग्या (यस वर्ष भने खराब समय भयो) ।”

सुर्मामा एक पटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो । ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई बेसाहा (खाद्यान्न) गर्नुपर्दैथ्यो । यस वर्ष भने आकाश हेर्दा हेर्दै आएको बादल पनि फाटेर जाने तर, पानी नपर्ने गरेको उनले बताए । “हाम्रो ठाउँ हिमाल भए पनि उब्जनीका लागि उपत्यकाभन्दा कम थिएन”, बुढाले भने, “बर्खे बाली पनि राम्रै उत्पादन हुन्छ । हिउँदमा भने आकाशकै भर पर्नुपर्छ । मङ्सिरको महिनादेखि आकाश हेर्न लागेका हौँ । आजको दिनसम्म न पानी, न हिउँ परेको छ ।”

सदाबहार हरियाली भइरहने रूखहरू पनि पानी नपाएर मडारिन थालेको सुर्मा–४ का श्याम बोहराले बताए । “हिउँ पर्छ कि भनेर हामीले सुर्मादेवीलाई गुहा¥यौँ । बिहान बेलुकाको पुजामा हिउँकै वर माग्यौँ । कहिलेकाँही आकाशमा बादल देखिन्छ । त्यसैमा फाटेर जान्छ”, बोहराले भने । अहिले सुर्मामा खेतबारीदेखि होचा डाँडाकाँडा जता हेरे पनि सुकेकै देखिन्छ । “गत महिना हिमपात भयो । सुर्माका अग्ला डाँडाकाँडाभन्दा तल आएन । पानी पनि प¥यो तर, जमिनको धुलो बसाउने गरी पनि आएन”, बोहोराले भने । पानी नआउँदा अहिले खडेरी परिरहेको उनले बताए ।

अब बाली उकास्न केही गरे पनि सम्भव नहुने बोहराले बताए । “फागुनको दोस्रो साता भइसक्यो, हिउँ, पानी परेको छैन”, बोहराले भने, “अब हिमपात भए पनि बाली उठ्दैन । उम्रेको बाली सबै सुकिसक्यो, कतै जरा जोगिएको बाली मात्रै उठ्ला, नत्र सबै मरिसकेको छ ।” अबको हिमपात वनस्पतिका लागि मात्रै काम लाग्ने उनले बताए ।

योजना जुध्दा बाहिरियो ज्ञान केन्द्र

दौलीचौर माविभन्दा पछाडिको जिउलोमा कृषि ज्ञान केन्द्रले कृषकलाई आलु लगाउन सुझाव दिएको थियो । “कृषिले हिउँदे आलु लगाउनका लागि जमिन बाँझो छोड्नु भनेको थियो”, राजेन्द्रबहादुर बुढाले भने, “सिँचाइसहित आलुको बीउ दिने भनेपछि जमिन बाँझो छोड्यौँ । त्यसै ठाउँमा प्रदेशले पनि सिँचाइ पोखरी दिने भनेपछि ज्ञान केन्द्र पछि हट्यो । त्यसपछि मङ्सिरमा गहुँ छ¥यौँ । अहिले सिँचाइ नहुँदा पहेँलो खरजस्तै भएको छ ।”

ज्ञान केन्द्रबाट अनुगमन गर्न गएको टोलीले सिँचाइ पोखरी दिने तयारी गरेको तर प्रदेश योजना आएपछि सानो जिउलोमा दुई योजना नदिने भन्दै ज्ञान केन्द्रले अर्को गाउँका लागि सिँचाइ पोखरी सारेको उनले बताए । “सुदूरपश्चिम प्रदेशले दिएको योजना रु दुई लाख हो,” बुढाले भने, “त्यो ट्याङ्कीबाट दुई गणा खेतलाई पनि सिँचाइ पुग्दैन । बाँकी त्यत्तिकै सुक्ने भइहाल्यो । एउटै जिउलोमा दुई योजना दिन कृषिले मानेन ।” उनका अनुसार गत वर्ष दौलीगाडले नहर बगाएपछि सिँचाइ पूरै अवरूद्ध भएको थियो । “अहिले दौलीगाडमा नहरको बाँध बनाउनकै लागि एक करोडभन्दा बढी रकम लाग्ने भएको छ । यहाँ सिँचाइको योजना नथपिए जिउलो बाँझै रहने अवस्था छ”, उनले भने ।

४० क्विन्टल बीउ खेर

सुर्मा गाउँपालिकाले पालिकाभर उत्पादन बढाउने भन्दै यस वर्ष ४० क्विन्टल गहुँको बीउ वितरण गरेको थियो । दौलुके बारसेचार र स्वर्गद्वारी प्रजातिको गहुँको बीउ कृषकको मागअनुसार पाँचै वडाका किसानलाई वितरण गरेको पालिकाले जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार हिमपात नहुँदा यसपटक सबै लगानी खेर जाने देखिएको छ ।

“सुर्मामा १० हेक्टर जमिनबाहेक सबै आकाशे पानीकै भरमा छ”, उनले भने, “नहर बनेका ठाउँमा पनि आकाशे पानी नआएरै सुकेको छ । नहर नलाग्ने ठाउँमा कुरै छोडौँ ।” जोशीका अनुसार यस वर्ष ८० प्रतिशत बाली सुक्ने अनुमान गरिएको छ । “डोरीमा करिब ५० रोपनी, भुरामा १० रापनी, ४ नम्बरको माथिल्लो गाउँमा ६० रोपनी बराबरको जमिनमा लगाएको बाली ९० प्रतिशत नै सुकिसकेको छ ।” हिमाली जिल्लाकै हिमाली उर्बर जमिन भएको ठाउँमा हिमपात नहुँदा यसपटक निकै सास्ती खेप्नुपर्ने उनले बताए ।

गत वर्ष सुर्मामा दौलुके बारसेचार जातको ५० क्विन्टल गहुँको बीउ वितरण गरिएको थियो । त्यसमा एक कठ्ठा हुने ठाउँमा तीन कठ्ठासम्म पनि उत्पादन भएको थियो । “गत वर्ष गहुँको एकै बालामा मुठ्ठी बराबर फलेको थियो”, उनले भने, “स्थानीयवासीले त्यति मिठो भएन भने तर उत्पादन भने निकै बढेको थियो ।” खासै बेसाहा ९खाद्यान्न० नगर्नुपर्ने ठाउँमा यसपटक भोकमरी हुनसक्ने जोशीले बताए ।

जोशीका अनुसार सुर्मेलीले आयस्रोतका रूपमा जडीबुटीलाई मानेका थिए । “बीचमा आठ÷दश वर्ष त कसैले खेती नै गरेनन् । पछिल्लो केही वर्षयता मात्रै खेती गर्न सुरु गरेका थिए । उत्पादन पनि राम्रै भइरहेको थियो । यो वर्ष भने निकै सङ्कट हुने देखिन्छ ।” जोशीले हिमपात नभएपछि हिमालमा पनि जडिबुटीसमेत नपाइने गरेको बताए । “हिउँ नपरे हिमाल पनि रित्तै हुन्छ । जडीबुटी पाइँदैन । न खेतीपाती न जडीबुटी भएपछि स्वतः नै भोकमरी हुने भयो”, उनले भने ।

जिल्लाभर ३० प्रतिशत बाली सुक्ने खतरा

यता कृषि ज्ञान केन्द्र बझाङका अनुसार उत्पादन नभएको सबै ठाउँमा खाद्य अभाव हुने गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, “तल्लो तटीय क्षेत्रबाहेकका ठाउँमा दशकयता नै उत्पादन घटिरहेको छ । एघार हजार हेक्टर गहुँ उत्पादन भइरहेकोमा यस वर्ष भने झण्डै ३० प्रतिशत उत्पादन घट्ने देखिन्छ ।”

विष्टका अनुसार बझाङमा ४० प्रतिशत सिञ्चित जमिन छ भने ६० प्रतिशत असिञ्चित जमिन छ । त्यसमध्ये पनि आकाशे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ३० प्रतिशत घट्ने र तल्लो भागमा पाँच÷सात प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको उनले बताए । जिल्लाको हकमा जहिल्यै भोकमरीको अवस्था हुने गरेको उनले बताए । “अहिले किनेर खान सक्ने भोकमरीमा परेको भनिँदैन”, विष्टले भने, “विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार किनेर खान सक्ने न्यून आयस्रोत भए पनि भोकमरी नभएको मानिन्छ । केही नहुनेहरू मात्रै भोकमरीको सिकारमा परेका हुन् ।”विश्व खाद्यको मापदण्डमा भोकमरीमा परेकालाई खाद्य संस्थानले खाद्यान्न उपलब्ध गराउँदै आएको उनले बताए ।रासस

Chitwan Aaja चितवन आज
बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
पुनर्जागरण समयको सदुपयोग

ताजा समाचार

सबै

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

बैंककबाट ११ किलो गाँजा लिएर आएका ३ भारतीय विमानस्थलमा समातिए

रौतहटमा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा भइरहेको छ कारोबार ?

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्‍यो, विपिन जोशीको नाम छैन

बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर व्युरोमा उजुरी

कारागारबाट भागेका पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

चितवनमा व्यावसायिक सयपत्री फूल उत्पादन

मेरा सच्चा समर्थक बन्न चाहनेले अरूलाई गाली गर्नु हुन्न है: मेयर हर्क

हेर्नुस आज मिति २०८२ साल असोज २७ गते सोमबारको राशिफल

मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने एमालेको निर्णय

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech