Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत २८, २०८२
☰
Logo शनिबार, चैत २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ५. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ६. कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

  • ७. अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ८. वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

  • ९. ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

  • १०. पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

हिमपात नहुँदा भोकमरीको जोखिम

बझाङ – सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन् । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट हुने भन्दै चिन्ता व्यक्त गर्छन् ।जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । खेतबारी नै हरियाली हुन्थ्यो । बुढाले भने, “यो सिजनमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत गहरा गहुँमय हुन्थे । तोरी पनि रहरलाग्दो हुन्थ्यो । अइलका वर्ष भन्या दशा लाग्या (यस वर्ष भने खराब समय भयो) ।”

सुर्मामा एक पटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो । ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई बेसाहा (खाद्यान्न) गर्नुपर्दैथ्यो । यस वर्ष भने आकाश हेर्दा हेर्दै आएको बादल पनि फाटेर जाने तर, पानी नपर्ने गरेको उनले बताए । “हाम्रो ठाउँ हिमाल भए पनि उब्जनीका लागि उपत्यकाभन्दा कम थिएन”, बुढाले भने, “बर्खे बाली पनि राम्रै उत्पादन हुन्छ । हिउँदमा भने आकाशकै भर पर्नुपर्छ । मङ्सिरको महिनादेखि आकाश हेर्न लागेका हौँ । आजको दिनसम्म न पानी, न हिउँ परेको छ ।”

सदाबहार हरियाली भइरहने रूखहरू पनि पानी नपाएर मडारिन थालेको सुर्मा–४ का श्याम बोहराले बताए । “हिउँ पर्छ कि भनेर हामीले सुर्मादेवीलाई गुहा¥यौँ । बिहान बेलुकाको पुजामा हिउँकै वर माग्यौँ । कहिलेकाँही आकाशमा बादल देखिन्छ । त्यसैमा फाटेर जान्छ”, बोहराले भने । अहिले सुर्मामा खेतबारीदेखि होचा डाँडाकाँडा जता हेरे पनि सुकेकै देखिन्छ । “गत महिना हिमपात भयो । सुर्माका अग्ला डाँडाकाँडाभन्दा तल आएन । पानी पनि प¥यो तर, जमिनको धुलो बसाउने गरी पनि आएन”, बोहोराले भने । पानी नआउँदा अहिले खडेरी परिरहेको उनले बताए ।

अब बाली उकास्न केही गरे पनि सम्भव नहुने बोहराले बताए । “फागुनको दोस्रो साता भइसक्यो, हिउँ, पानी परेको छैन”, बोहराले भने, “अब हिमपात भए पनि बाली उठ्दैन । उम्रेको बाली सबै सुकिसक्यो, कतै जरा जोगिएको बाली मात्रै उठ्ला, नत्र सबै मरिसकेको छ ।” अबको हिमपात वनस्पतिका लागि मात्रै काम लाग्ने उनले बताए ।

योजना जुध्दा बाहिरियो ज्ञान केन्द्र

दौलीचौर माविभन्दा पछाडिको जिउलोमा कृषि ज्ञान केन्द्रले कृषकलाई आलु लगाउन सुझाव दिएको थियो । “कृषिले हिउँदे आलु लगाउनका लागि जमिन बाँझो छोड्नु भनेको थियो”, राजेन्द्रबहादुर बुढाले भने, “सिँचाइसहित आलुको बीउ दिने भनेपछि जमिन बाँझो छोड्यौँ । त्यसै ठाउँमा प्रदेशले पनि सिँचाइ पोखरी दिने भनेपछि ज्ञान केन्द्र पछि हट्यो । त्यसपछि मङ्सिरमा गहुँ छ¥यौँ । अहिले सिँचाइ नहुँदा पहेँलो खरजस्तै भएको छ ।”

ज्ञान केन्द्रबाट अनुगमन गर्न गएको टोलीले सिँचाइ पोखरी दिने तयारी गरेको तर प्रदेश योजना आएपछि सानो जिउलोमा दुई योजना नदिने भन्दै ज्ञान केन्द्रले अर्को गाउँका लागि सिँचाइ पोखरी सारेको उनले बताए । “सुदूरपश्चिम प्रदेशले दिएको योजना रु दुई लाख हो,” बुढाले भने, “त्यो ट्याङ्कीबाट दुई गणा खेतलाई पनि सिँचाइ पुग्दैन । बाँकी त्यत्तिकै सुक्ने भइहाल्यो । एउटै जिउलोमा दुई योजना दिन कृषिले मानेन ।” उनका अनुसार गत वर्ष दौलीगाडले नहर बगाएपछि सिँचाइ पूरै अवरूद्ध भएको थियो । “अहिले दौलीगाडमा नहरको बाँध बनाउनकै लागि एक करोडभन्दा बढी रकम लाग्ने भएको छ । यहाँ सिँचाइको योजना नथपिए जिउलो बाँझै रहने अवस्था छ”, उनले भने ।

४० क्विन्टल बीउ खेर

सुर्मा गाउँपालिकाले पालिकाभर उत्पादन बढाउने भन्दै यस वर्ष ४० क्विन्टल गहुँको बीउ वितरण गरेको थियो । दौलुके बारसेचार र स्वर्गद्वारी प्रजातिको गहुँको बीउ कृषकको मागअनुसार पाँचै वडाका किसानलाई वितरण गरेको पालिकाले जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार हिमपात नहुँदा यसपटक सबै लगानी खेर जाने देखिएको छ ।

“सुर्मामा १० हेक्टर जमिनबाहेक सबै आकाशे पानीकै भरमा छ”, उनले भने, “नहर बनेका ठाउँमा पनि आकाशे पानी नआएरै सुकेको छ । नहर नलाग्ने ठाउँमा कुरै छोडौँ ।” जोशीका अनुसार यस वर्ष ८० प्रतिशत बाली सुक्ने अनुमान गरिएको छ । “डोरीमा करिब ५० रोपनी, भुरामा १० रापनी, ४ नम्बरको माथिल्लो गाउँमा ६० रोपनी बराबरको जमिनमा लगाएको बाली ९० प्रतिशत नै सुकिसकेको छ ।” हिमाली जिल्लाकै हिमाली उर्बर जमिन भएको ठाउँमा हिमपात नहुँदा यसपटक निकै सास्ती खेप्नुपर्ने उनले बताए ।

गत वर्ष सुर्मामा दौलुके बारसेचार जातको ५० क्विन्टल गहुँको बीउ वितरण गरिएको थियो । त्यसमा एक कठ्ठा हुने ठाउँमा तीन कठ्ठासम्म पनि उत्पादन भएको थियो । “गत वर्ष गहुँको एकै बालामा मुठ्ठी बराबर फलेको थियो”, उनले भने, “स्थानीयवासीले त्यति मिठो भएन भने तर उत्पादन भने निकै बढेको थियो ।” खासै बेसाहा ९खाद्यान्न० नगर्नुपर्ने ठाउँमा यसपटक भोकमरी हुनसक्ने जोशीले बताए ।

जोशीका अनुसार सुर्मेलीले आयस्रोतका रूपमा जडीबुटीलाई मानेका थिए । “बीचमा आठ÷दश वर्ष त कसैले खेती नै गरेनन् । पछिल्लो केही वर्षयता मात्रै खेती गर्न सुरु गरेका थिए । उत्पादन पनि राम्रै भइरहेको थियो । यो वर्ष भने निकै सङ्कट हुने देखिन्छ ।” जोशीले हिमपात नभएपछि हिमालमा पनि जडिबुटीसमेत नपाइने गरेको बताए । “हिउँ नपरे हिमाल पनि रित्तै हुन्छ । जडीबुटी पाइँदैन । न खेतीपाती न जडीबुटी भएपछि स्वतः नै भोकमरी हुने भयो”, उनले भने ।

जिल्लाभर ३० प्रतिशत बाली सुक्ने खतरा

यता कृषि ज्ञान केन्द्र बझाङका अनुसार उत्पादन नभएको सबै ठाउँमा खाद्य अभाव हुने गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, “तल्लो तटीय क्षेत्रबाहेकका ठाउँमा दशकयता नै उत्पादन घटिरहेको छ । एघार हजार हेक्टर गहुँ उत्पादन भइरहेकोमा यस वर्ष भने झण्डै ३० प्रतिशत उत्पादन घट्ने देखिन्छ ।”

विष्टका अनुसार बझाङमा ४० प्रतिशत सिञ्चित जमिन छ भने ६० प्रतिशत असिञ्चित जमिन छ । त्यसमध्ये पनि आकाशे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ३० प्रतिशत घट्ने र तल्लो भागमा पाँच÷सात प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको उनले बताए । जिल्लाको हकमा जहिल्यै भोकमरीको अवस्था हुने गरेको उनले बताए । “अहिले किनेर खान सक्ने भोकमरीमा परेको भनिँदैन”, विष्टले भने, “विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार किनेर खान सक्ने न्यून आयस्रोत भए पनि भोकमरी नभएको मानिन्छ । केही नहुनेहरू मात्रै भोकमरीको सिकारमा परेका हुन् ।”विश्व खाद्यको मापदण्डमा भोकमरीमा परेकालाई खाद्य संस्थानले खाद्यान्न उपलब्ध गराउँदै आएको उनले बताए ।रासस

Chitwan Aaja चितवन आज
बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनका ७२ जनामा क्षयरोग पुष्टि
कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छः सभामुख अर्याल
आइतबार ओपीडी सेवा सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ

ताजा समाचार

सबै

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छः सभामुख अर्याल

आइतबार ओपीडी सेवा सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ

इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पनि पाकिस्तानमा

हेटौँडा–१८ मा अवैध संरचना हटाइयो, करिब १० छाप्रा भत्काइयो

चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

रास्वपाले धोका दिएपछि राप्रपाले भन्योः प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छः मन्त्री श्रेष्ठ

मंगलबजारमा छुरा प्रहार प्रकरणः रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

ओली र लेखकको पक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल

उपसभामुखमा ठाकुरलाई मतदान गर्ने रास्वपा संसदीय दलको निर्णय

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियोः कुन गाडीलाई कति ?

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ५.
    ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ६.
    कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.