बुटवल, फागुन १०-
कपिलवस्तुमा एकजनाले आफ्नै बुवाको हत्या गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० शीतलापुरका ३० वर्षीय मग्निराम पाशीले आफ्नै बुवा ६४ वर्षीय मगरे पाशीको हत्या गरेका हुन् ।
मंगलबार बिहान ११ बजेतिर श्रीमती र बुवालाई नग्न अवस्थामा देखेपछि आक्रोशित मनीरामले बुवाको हत्या गरेको प्रहरीको भनाइ छ । हत्यापछि मनीरामले सो घटनालाई आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्ड्याएका थिए ।
बुधवार बिहान ८ बजे मात्र प्रहरीलाई सूचना पुगेको र प्रहरीले घटनास्थलबाट आवश्यक सबुद प्रमाणहरू बरामद गरेको सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको शाहीले बताए।








