काठमाडौं, फागुन ४
नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।
बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनापछि बसका चालक फरार भएका छन्। मृतक २ पुरूषको पहिचान खुलेको छैन।
बसमा सवार २० जना घाइते छन्। उनीहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








