चितवन,फागुन ३ –
भरतपुर महानगरपालिका-९ पारस बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित सोही महानगरपालिका-१३ बस्ने २८ वर्षीय सन्तोष गुरुङलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले ना.२१ प १७२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गुरुङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।