२९ माघ, भरतपुर-
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिती चितवनको आयोजनामा २८ औं जनयुद्ध दिवसको अवसरमा जिल्लाका करिब ५०० जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मानित गरिने भएको छ ।
पञ्चायत कालदेखि विभिन्न काल खण्डमा कम्युनिष्ट र खासगरी माओवादी आन्दोलनमा सम्मिलित ७० बर्ष उमेर नाघेकाहरुलाई सम्मानित गर्न लागिएको पार्टी चितवनका सचिव द्रोण बाबु सिवाकोटीले बताए ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा पार्टीका उपाध्यक्ष एवं पुर्व सभामुख अग्नि सापकोटा आउँदै हुनुहुन्छ । सो अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय देखि जिल्ला स्तर सम्मका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने छ । कार्यक्रम फागुन १ गते सोमबार दिनको १२ बजे देखि सुरु हुने जनाइएको छ ।