Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ ०६, २०८२
☰
Logo मङ्गलबार, माघ ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ७. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ८. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ९. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • १०. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

म्यारियम बनिन् भाइको सुरक्षा कवच

एजेन्सी माघ २६ –

उत्तर सिरियामा भूकम्पले भत्किएको घरको भग्नावशेषमा पुरिएका दुई बालबालिकालाई ३६ घण्टापछि उद्धार गरिएको छ।

दिदी म्यारियमले भाइको टाउकोमाथि आफ्नो पाखुरा राखेर उनलाई भग्नावशेषबाट जोगाएको भिडियो सार्वजनिक भएको छ। घरको भग्नावशेषमा मुस्किलले हलचल गर्न मिल्ने स्थिति रहे पनि भाइ इलाफको अनुहार र टाउको जोगाउन आफ्नो हात चलाउन सक्ने स्थितिमा दिदी म्यारियम थिइन्। ‘मलाई यहाँबाट निकाल्नू न। म तपाईंका लागि जे पनि गर्न तयार छु,’ दिदी म्यारियमले उद्धारकर्तालाई भनेकी थिइन्।

भिडियोमा उत्तर सिरियाको हरम प्रान्तको वेस्नाया सेच गाउँको एक घरमा दुई बालबालिका भग्नावेशले च्यापिएको देखिन्छ। ‘म तपाईंको नोकर हुनेछु,’ म्यारियमले भनेकी थिइन्। प्रत्युत्तरमा उद्धारकर्मीले ‘नो, नो’ भनेका थिए।

ती बालबालिकाका पिता मुस्ताफा जुहिर एल सयदका अनुसार इस्लामिक नाम इलाफको अर्थ सुरक्षा हो। सयदका अनुसार सोमबार सबेरै पत्नीसहित ३ बालबालिका सुतिरहेका अवस्थामा शक्तिशाली भूकम्प गएको थियो। उक्त स्थानमा विगत एक शताब्दीकै सबैभन्दा ठुलो भूकम्प गएको थियो। ‘हामीले पुरै जमिन हल्लेको अनुभव गर्‍यौं। घर भत्केपछि भग्नावशेष हाम्रो टाउकोमाथि झरेको थियो। हामी दुई दिनसम्म भग्नावशेषभित्र बस्यौं,’ उनले भने, ‘हामी त्यस्तो अवस्थामा थियौं, म आशा गर्छु, त्यस्तो कसैलाई नहोस।’

भग्नावशेषमा पुरिएको अवस्थामा उनको परिवारका सदस्यले कुरान पाठ गरिरहेका थिए। अरूले सुन्न सकुन् भनेर उनीहरूले चर्को आवाजमा प्रार्थना गरिरहेका थिए। ‘मानिसहरूले हामीलाई सुनेछन् र म, मेरी पत्नी र हाम्रा बालबालिकाको उद्धार भयो। हामी सबै जीवित रहन पाएकोमा भगवान्लाई म धन्यवाद दिन चाहन्छु। हामीलाई उद्धार गर्नेलाई पनि म धन्यवाद दिन्छु,’ सयदले भने।

म्यारियम र उनका भाइ इलाफलाई कम्बलमा बेरेर बाहिर निकालिएको दृश्य भिडियोमा देख्न सकिन्छ। उनीहरूलाई निकाल्दा उपस्थित सबैले जयजयकार गरेका थिए। उनीहरूलाई तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

सयदका अनुसार उनको घर विद्रोहीले कब्जा गरेको उत्तरी सिरियामा पर्छ। उनको क्षेत्रमा कम्तीमा १२ सय २० जनाको मृत्यु भैसकेको छ। ‘सिरियन सिभिल डेभेन्स’ नामक मानवीय सहायता समूहका अनुसार मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने देखिएको छ। सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार सिरियामा हालसम्म २५ सयको मृत्य भैसकेको छ। यसमध्ये आधा सरकारी नियन्त्रणमा रहेको क्षेत्रका हुन्। टर्की र सिरियाको सीमा क्षेत्र केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण बुधबारसम्म ११ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। यो संख्या अझ बढ्न सक्ने देखिएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार भूकम्पअगाडि सिरियाका ७० प्रतिशत जनतालाई मानवीय सहयोगको आवश्यकता थियो। ‘भूकम्पको यो संकटले पहिला नै जोखिममा रहेका परिवारलाई नराम्ररी प्रभावित पारेको छ,’ सिरिया र टर्कीका लागि संयुक्त राष्ट्रसंघको आवासीय कार्यालयले भनेको छ। संयुक्त राष्ट्रसंघले तत्कालका लागि खाद्यवस्तु, आवास, गैरखाद्य सामाग्री तथा औषधि जस्ता सामग्रीहरूको आपूर्तिमा जोड दिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

Chitwan Aaja चितवन आज
बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु
अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु
चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

ताजा समाचार

सबै

बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

यी हुन् नेकपाका १६५ उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

प्रचण्डले रुकुमपूर्वबाट गराए उम्मेदवारी मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

रमेश लेखकको टिकट खोसियो

चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.