काठमाडौं, माघ २४-
सरकारले कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभलेन्ट)खोप फागुनको पहिलो साता नेपाल आउने जनाएको छ ।
कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
उनका अनुसार फागुन १ गतेदेखि ४ गतेसम्म आउने कार्यतालिका रहेको छ ।
छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ.७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ ।