काठमाडौं, माघ २४-
राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन्।
सोमबार निर्विरोध रूपमा निर्वाचित भएकी उपाध्यक्ष अर्यालले आज शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको सहभागिता थियो।
सत्ता गठबन्धनको समर्थनमा माओवादीबाट राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी अर्यालको प्रस्तावकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका थिए।
विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो।








