काठमाडौं । गत माघ १ गते काठमाडौं–पोखरा उडानका क्रममा दुर्घटनामा परेको यति एयरलाइन्सको दुर्घटनाको रहस्य खुलेको छ ।
जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको छ । दुर्घटना जाँच आयोगका अनुसार जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदर’मा गएको देखिएको छ ।
गत माघ १ गते काठमाडौंबाट ४ जना चालकदलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको ९एन–एएनसी एटीआर जहाँज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोजमा दुर्घटना ग्रस्त हुन पुगेको थियो । जहाजमा सवार ७२ जनाकै मृत्यु भएको थियो ।