Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत २७, २०८२
☰
Logo शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ६. कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

  • ७. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

  • ८. वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

  • ९. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • १०. ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

नेपालको हवाई सुरक्षा मजबुद : विज्ञहरु

काठमाडौँ, २० माघ –

मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताउनुभएको छ ।

वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक विषय’ मा आयोजना गरेको अन्र्तक्रियाका वक्ताले हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सबैखाले प्रयत्न गरिएको उल्लेख गर्नुभयो ।

सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई क्षेत्र सुरक्षित रहेको भन्दै केही भवितव्यका रूपमा हुने दुर्घटनालाई लिएर समग्र हवाई सेवा असुरक्षित रहेको सन्देश प्रवाह नगर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको ‘एभिएसन सेक्टर’ धेरै सुरक्षित छ । हवाई दुर्घटना न्यूनीकरणका लागि नियामक र एयरलाइन्स अपरेटर उत्तिकै जिम्मेवार भएर लागेका छन् । एभिएसन सेफ्टी र सेक्युरिटीमा कुनै कसर बाँकी राखिएको छैन ।”

क्याप्टेन थापाले नेपालको हवाई क्षेत्र देशको अर्थतन्त्रको धरोहर रहेको र पर्यटन विकास समेतमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले विश्वकै सुरक्षित यातायातको रूपमा लिइने हवाई यातायातलाई सुरक्षित र मजबुद तुल्याउन सबै संयन्त्रले सक्रियतापूर्वक काम गरिरहेको विश्वास व्यक्त गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान सञ्चालन विभागका निर्देशक श्यामकिशोर साहले हवाई यातायातलाई सुरक्षित र विश्वसनीय तुल्याउन संस्थागत क्षमता अभिवृद्धि र पाइलटलाई आवश्यक तालिमको जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले हवाई यात्रा तुलनात्मकरूपमा बढी सुरक्षित रहने भएकाले यो क्षेत्रप्रति नकारात्मक टीकाटिप्पणी गर्न नहुने तर्क गर्नुभयो ।

हवाई इन्जिनियरिङ क्षेत्रका जानकार मेघेन्द्रकुमार श्रेष्ठले सुरक्षित हवाई उडानका लागि अनेकन प्रयास गर्दा पनि दुर्घटना दर बढ्नु आश्चर्यको विषय भएको बताउनुभयो । उहाँले कुनै पनि जहाज पुरानो भएर वा अन्य प्राविधिक खराबीले मात्रै दुर्घटनाको जोखिम नरहेको भन्दै संस्थागत संरचनादेखि हरेक विषय हवाई सुरक्षासँग सरोकार राख्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “जहाज थोत्रा भएर दुर्घटना हुने होइन । जहाज उडानयोग्य छ कि छैन त्यो जहाजको आयुमा निर्धारण हुँदैन, इन्जिन, उपकरण, पार्टपुर्जा समय समयमा फेर्ने, मर्मतको काम निरन्तर भइरहेको हुन्छ । त्यसैले दुर्घटना शून्य भन्ने हुँदैन जोखिम पनि शून्य भन्ने हुँदैन तर जोखिम घटाउन सबैखाले प्रयत्न भइरहेको हुन्छ ।”

क्याप्टेन विनोद पुरीले हवाई दुर्घटनामा कुनै एउटा पक्षलाई मात्र दोष दिएर नहुने भन्दै यो प्रक्रियामा सबै प्रणालीको कतै न कतै भूमिका रहने बताउनुभयो । उहाँले हवाई सुरक्षालाई बलियो र भरपर्दो बनाउन यो क्षेत्रमा संलग्न सबै सरोकारवाला उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । सङ्घका महासचिव मनोज कार्कीले सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि अचानक दुर्घटना हुने गरेको भन्दै सम्भावित जोखिम न्यूनीकरणका लागि अपरेटरले के कस्ता काम गरिरहेका छन् भनेर अभिमुखीकरण गराउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै
राजनीतिमा विरलै भेटिने ‘म्यानेजर’: विजय सुवेदी

ताजा समाचार

सबै

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

राजनीतिमा विरलै भेटिने ‘म्यानेजर’: विजय सुवेदी

लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

नियुक्त गरेको १३ दिनमै श्रममन्त्री दीपककुमार साह पदमुक्त

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन चितवनका व्यवसायीको माग

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अस्पतालले भन्यो– ओलीलाई तत्काल ‘डिस्चार्ज’ गर्न मिल्दैन

आज प्रतितोला ४३ सयले बढेपछि सुनको मूल्य पुग्यो ३ लाख ९४ हजार ७००

एमालेका अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेशलाई जमानीमा छाड्ने तयारी

छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बिर्तामोडको कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

चितवनको कालिका नगरपालिकाद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ६.
    कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.