चितवन, माघ २०-
नेपालमै पहिलो पटक चितवन मेडिकल कलेजले ‘पेन (दुखाई व्यवस्थापन) फिजिसियन’ सुरु गरेको छ ।
चितवन मेडिकल कलेजले आज शुक्रबार अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरि ‘पेन (दुखाई व्यवस्थापन) फिजिसियन’ सुरु गरेको जानकारी दिएको हो ।
सेवाको सुरु गरेको अवसरमा भोली शनिबार अस्पतालमा निशुल्क शिविर समेत आयोजना गरिएको छ ।
छिमेकी देश भारतको प्रतिष्ठित संस्थाबाट फेलोसिप गरिसकेका इन्टरभेन्सनल पेन एण्ड स्पाईन स्पेशलिष्ट डा.रोहित बाल्यानले अस्पतालबाट ‘पेन (दुखाई व्यवस्थापन) फिजिसियन’ सेवा अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले बताए ।
पेन एण्ड स्पाईन स्पेशलिष्ट डा.रोहित बाल्यानले दीर्घकालीन दुखाइको समस्यालाई झेल्दै बाँचिरहेकाहरुलाई यस सेवाले सहज बनाउनुका साथै गुणस्तरीय जीवनमा पिलरको काम गर्ने बताए ।
दुखाइका कारण पछिल्लो समय मानसिक समस्याहरु बढेको बताउँदै उनले स्मरणशक्ति, निद्रा, रोजगार, सामाजिक कार्य र दैनिक गतिविधिमा सरलता ल्याउनका लागि पेन (दुखाई व्यवस्थापन) फिजिसियन सेवा उपयुक्त रहेको जानकारी दिए ।
शुभारम्भको अवसरमा भोली शनिबार निःशुल्क शिविर आयोजना गरिएको छ ।
घाँटीको दुखाई, कुम, पाखुरा, हात झम्झमाउने, कम्मरको दुखाई, खुट्टा झम्झमाउने, शिल्का हान्ने, ढाड बाङ्गो भएका, हिड्दा खुट्टा लुलो भएका, बुढेसकालमा देखापर्ने ढाडको दुखाई, गर्धन तथा कम्मरमा नशा च्यापिएका लगायत मेरुदण्ड सम्बन्धी समस्या भएका बिरामीहरुले शिविरमा निःशुल्क फिजियोथेरापी परामर्श पाउने छन् ।
यस्तै, शिविरमा आउने बिरामीले शल्यक्रिया वा अन्य कुनै उपचार गर्नुपर्ने भएमा ५० प्रतिशत छुट पाउने चितवन मेडिकल कलेजले जनाएको छ ।
चितवन मेडिकल कलेजमा (स्पाइन इन्जेक्सन) मेरुदन्डको खाली भागबाट स्नायु तन्तुलाई लठ्याउने सुई, स्नायु तन्तुको शिथिलता (नर्व ब्लकहरू), जोर्नीहरुमा लगाइने सुई, स्नायु तन्तुको उत्तेजना, इन्ट्राथिकल इम्प्लान्ट्स, लेजर थेरापी, बोटुलिनम विषाक्तको अनुप्रयोग र रेडियोफ्रिक्वेंसी मार्फत नशालाई गरिने शिथिलता (डिनर्भेसन) जस्ता विभिन्न प्रकारका विधिहरूबाट दुखाईको उपचार गरिने अस्पतालले जनाएको छ ।
यसैबीच अस्पतालले माघ २१ र २८ गते, फागुन ६ र १३ गते शनिबार कलेज परिसरमा दुखाई सम्बन्धी निःशुल्क परामर्श सेवा सञ्चालन गर्ने भएको छ ।
शिविरमा महिलाहरुका तल्लो पेटकको दुखाई भएका, ढाड तथा मेरुदण्डको दुखाई, कम्मर दुखाई भएका महिलाहरुलाई १०बर्ष देखि सोही क्षेत्रमा अनुभवि बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सविता श्रेष्ठ र डा. रक्षा जोशीले निःशुल्क परामर्श दिने छन् ।
यस्तै, ढाड तथा मेरुदण्डको दुखाईलाई लक्षित गरी बरिष्ठ हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ डा. विष्णुदेव शर्मा, डा.तेजप्रकाश दवाडी पनि निःशुल्क परामर्श दिने कलेजले जनाएको छ ।