काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रविण बस्नेत पक्राउ परेका छन् । बैंकिङ कसुर सम्बन्धी मुद्दामा बस्नेतसहित चार जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी छन् ।
यस बैंकले ऋण अपचलन लगायतका कार्यहरु गरेको आरोप लाग्दै आएको थियो । बैंक स्रोतका अनुसार बैंकबाट विभिन्न फर्जी कम्पनीहरु खडा गरेर त्यसका नाममा ऋण दिइएको छ ।








