बागलुङ, माघ १८-
बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् ।
बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले डिएसपी गंगाबहादुर थापाले बताए ।
उनले आफ्नै शरिरमा आगो लगाएपछि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि पोखरा लगिँदै छ, शरिरमा आगो लगाउनुको अहिलेसम्म कारण खुल्न सकेको छैन्,ु थापाले भने । जिसीको धौलागिरी अस्पतालमा उपचारपछि पोखरा ल्याइँदै छ ।’
जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए । आत्मदाहको कारण नखुलेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








