काठमाडौं, माघ १८-
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमै ढल फुटेर कन्तबिजोग भएको छ ।
हिजो मंगलबारदेखि बगेको फोहोर आज बुधबार बिहानसम्म सफा गरिएको छैन ।
ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ । त्यही माथिबाट गाडीहरु गुड्दा अनामनगर घट्टेकुलो चोकसम्मै सडक फोहोर भएको छ । पैदलयात्रुहरुलाई बाटो छिचोल्नै कठिन भएको छ ।
पूर्वी गेटबाट कार्यालय समय सुरु हुने बेला कर्मचारीहरुलाई प्रवेश दिइन्छ । त्यही बाटो हुँदै कार्यालय समय सकिएपछि सिंहदरबारबाट बाहिरिन पाइन्छ । अरु बेला पूर्वी गेट बन्द हुन्छ ।








