चितवन, माघ १७-
बुधबारबाट जिल्ला प्रशासन चितवनले पासपोर्टका लागि एकै पटकमा एक महिनाको आवेदन लिने भएको छ ।
प्रशासनले आज एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो ।
दैनिक रुपमा इ पासपोर्टका लागि आवेदन भर्नुपर्ने झन्झट र हैरानीबाट सेवाग्राहीलाई राहत दिन राहदानी विभागले नै नयाँ नियम ल्याए अनुसार चितवनमा पनि एकैचोटी एक महिनाका लागि आवेदन लिने तयारी भएको हो ।