पोखरा, माघ १५-
पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् ।
काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका अस्ताल पुर्याएका हुन् ।
‘दुवैले शरीरमा आगो लागिरहेको बेला छिमेकीहरुले उद्धार गरि हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ,’ एक प्रत्यक्षदर्शीले भने । कृष्णबहादुर क्षेत्री बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि सापकोटाले जोगाउँदा उनी पनि जलेको एक स्थानीयले बताए ।
प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार