काठमाडौं, माघ १५-
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।
रवि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।
उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।








