काठमाडौं, माघ १५-
नयाँ नागरिकता लिने प्रक्रियाका लागि रवि लामिछाने काठमाडौं जिल्ला प्रशासन कार्यालय जाँदैछन् छन् ।
उनी आउनु अगाडि नै जिप्रका परिसरमा भिड बढेको छ ।
सर्वोच्च अदालतले शुक्रवार फैसला सुनाएपछि रवि नागरिकता विहीन छन् । उनी आज नयाँ नागरिकताका लागि जिप्रका जान लागेको हुन् ।
अहिले जिप्रका परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति छ । प्रहरी सुरक्षा बढाइएको छ ।








