चितवन, माघ १४-
चितवनका लेखक हीरा लामाको उपन्यास ‘दलदल’ सार्वजनिक भएको छ ।
अक्षर समूह चितवनको आयोजनामा आज शनिबार कवि भूपिन, अक्षर समूहका अध्यक्ष रमेश प्रभात र समीक्षक सिर्जन अविरलले कृति विमोचन गरेका हुन् ।
समसामयिक लेखनमा रुचि राख्ने पेशाले शिक्षक रहेका लेखक लामा यो दलदल पहिलो पुस्तक हो । पुस्तकको मूल्य ४४९ रुपैयाँ छ ।
लेखक लामाले १० वर्षको मेहनतपछि दलदल किताबको रूपमा सार्वजनिक भएको बताए ।
कृतिको समीक्षात्मक टिप्पणी सिर्जन अविरलले प्रस्तुत गरे । दलदलमा चितवनको भूगोलको चिनारी प्रशस्त मात्रामा गरिएको समीक्षक अविरलले बताए ।
कार्यक्रमका प्रमुख अतिथि भूपिनले दलदलमा फसेका नेपालीहरूको सामाजिक जीवन पुस्तकमा अटाएको बताए । पारिवारिक दलदल, राजनीतिक दलदल र शैक्षिक दलदलका कथाहरू पनि उपन्यासमा बुनिएको भूपिनले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार