काठमाडौं माघ १३
राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजेर ५९ मिनेटमा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।