काठमाडौँ, माघ ११-
उपप्रधान एवम् गृहमन्त्री रवी लामिछानेले आत्मदाह गरेर मृत्यु भएका प्रेम आचार्यलाई श्रद्धाञ्जली दिँदै नयाँ राजनीतिक दल र नेताको रुपमा आशा जगाउन नसकेकोमा दुख लागेको बताएका छन् ।
सामाजिक सञ्जालमा एक पोष्ट गर्दे गृहमन्त्रीले लेखेका छन्, ‘एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।’
आचार्यको कीर्तिपुर अस्पतालमा आज उपचारको क्रममा मृत्यु भएको हो।









