काठमाडौं, माघ १०
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ।विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय तनाव भएको हो ।
आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले सामान्य लाठी प्रहार गरेको छ । केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
विद्यार्थीहरूले होस्टेललाई व्यवस्थित गरि विकृति सधार गर्नुपर्ने माग राखेका छन् । हेस्टेलमै आएर विद्यार्थीलाई प्रशासनले धम्क्याउने गरेको र थेक्नै नसक्ने गरी विद्यार्थी राखेको विद्यार्थीको आरोप छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








