Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत २४, २०८२
☰
Logo मङ्गलबार, चैत २४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ४. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ७. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ८. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ९. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • १०. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरेर जनशक्ति तयार गर्नुपर्छ : गृहमन्त्री

काठमाडौँ, ९ माघ –

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ऐनको कार्यादेशअनुसार पृथकतावादी एवं आतङ्कवादी गतिविधि नियन्त्रण गर्नु सशस्त्र प्रहरीको जिम्मेवारी रहेकाले सङ्गठनलाई त्यसका लागि तयार पार्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा आज आयोजित २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा गृहमन्त्री लामिछानेले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन र अध्ययन गरी सशस्त्र प्रहरीको जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सशस्त्र प्रहरी बलले नेपालको आन्तरिक शान्ति सुरक्षा, सीमा सुरक्षा एवं व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान तथा व्यक्तिहरुको सुरक्षा, औद्योगिक एवं राजस्व सङ्कलनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकोमा उहाँले प्रशंसा पनि गर्नुभयो ।

गृहमन्त्री लामिछानेले यसअघि निरीक्षण भ्रमणका क्रममा भने बमोजिम राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको आधारभूत आवश्यकताको रुपमा रहेको बसोबास, बन्दोबस्ती, लत्ता कपडा, हातहतियार उपलब्ध गराउनेतर्फ मन्त्रालयले पहलकदमी सुरु गरिसकेको पनि जानकारी गराउनुभयो ।

सशस्त्र प्रहरीले गरेका हरेक क्रियाकलापबाट समाज, देश र जनताले शान्ति सुरक्षासँग विकासको अनुभूत गर्न सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, “सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलमार्फत सुरक्षा र विकासका कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ, जसबाट सीमा क्षेत्रको भौतिक विकासको साथै सीमा क्षेत्रका जनताको मनमा देश प्रेम र राष्ट्रभक्तिको भावना झनै वृद्धि हुने विश्वास लिएको छु ।”

उहाँले विपद् व्यवस्थापनमा थप जनशक्ति निर्माण गर्न, स्रोतसाधन उपलब्ध गराउन र आवश्यक नीति निर्माणमा मन्त्रालयले विशेष भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपाल सरकारले विसं २०७२ को भूकम्पको उद्धारमा सशस्त्र प्रहरी बलले गरेको कामको उच्च मूल्याङ्कन गर्दै अब उप्रान्त हुन सक्ने विपद्मा प्रभावकारी भूमिका निर्वाह गर्न थप स्रोतसाधन उपलब्ध गराउने नीति लिएको जानकारी दिनुभयो ।

२२औँ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा काँधमा जिम्मेवारी, लक्ष्यमा इमान्दारी र मस्तिष्कमा समझदारी राखेर कार्य गर्ने प्रेरणा मिलोस् भनी सशस्त्र प्रहरीलाई शुभकामना दिनुभयो । उहाँले सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीले आफ्नो ऊर्जा र क्षमताको अधिकतम प्रयोग गरी सङ्गठनको वयस्क समयलाई जीवन्तता बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयले अभिभावकीय भूमिकामा रहेर साधान र स्रोतले भ्याएसम्म थप सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

गृहमन्त्री लामिछानेले आन्तरिक सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल सङ्घीय सरकारको अभिन्न सुरक्षा निकायको रुपमा संविधानले नै व्यवस्था गरे बमोजिम देशका ७७ वटै जिल्लामा तैनाथ रही ऐनले तोकेको कार्यादेश बमोजिम कार्य सम्पादन गर्दै आएको र आगामी दिनमा थप व्यावसायिक भइ कर्तव्य पथमा लाग्ने अपेक्षा रहेको बताउनुभयो ।

जनशक्ति, स्रोतसाधनलगायत सङ्गठनमा पर्याप्त छैनन् तर पनि देशको आवश्यकता र क्षमता बमोजिम सशस्त्र प्रहरी बललाई थप मजबुद बनाउन कानुनी एवं नीतिगत सुधार तथा स्रोत साधन उपलब्ध गराउन गृह मन्त्रालयले कुनै पनि कन्जुस्याईँ नगर्ने उहाँले बताउनुभयो ।

उहाँले सशस्त्र फौजलाई अन्तर्राष्ट्रिय सुरक्षा फौजको क्षमतासँग समानन्तर बनाउन आग्रह गर्नुभयो । सङ्घीय सरकारको बलको रुपमा रहेको सशस्त्र प्रहरी बलले आगामी दिनमा आउन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न अन्य सुरक्षा निकाय, तीनै तहका सरकार एवं राज्यका अन्य निकायसँग समन्वय गरी सुरक्षाका आवश्यक कारबाही गर्नसमेत निर्देशन दिनुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनलाई अब्बल सुरक्षा दस्ताको रुपमा विकास गर्दै लगिएको जानकारी गराउनुभयो । आजदेखि २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको सशस्त्र प्रहरीले व्यावसायिक कुशलता प्रदान गर्दै आजसम्मको यात्रा तय गरेको बताउनुभयो । सशस्त्रले यसअघि विभिन्न अग्नि परीक्षामा खरो रुपमा उत्रिएर सङ्गठनको औचित्य पुष्टि गरेको पनि उहाँले जिकिर गर्नुभयो । उहाँले देश र देशवासीको हितलाई सर्वाेपरी ठानी नेपाल सरकारले लिएको सुशासन, समृद्धि र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि सशस्त्र प्रहरी निर्दिष्ट योजना कार्यान्वयनमा कटिबद्ध रहेको बताउनुभयो ।

सो क्रममा सशस्त्र प्रहरीले कवाज, व्याण्ड, खेलकुद कला तथा कठिन परिस्थितिमा गरिने उद्दार कला प्रस्तुत गरेको थियो ।

Chitwan Aaja चितवन आज
सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ
नागढुंगा–मुग्लीन सडकखण्डको निर्माणबारे जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न माग
जलेश्वर बर्दिबास सडकखण्डमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

ताजा समाचार

सबै

मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ

नागढुंगा–मुग्लीन सडकखण्डको निर्माणबारे जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न माग

जलेश्वर बर्दिबास सडकखण्डमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर,गृहमन्त्री सुधन गुरुङ पाचौं नम्बरमा

चितवनमा अठार वटा कृष्णसार ल्याइने

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता होः स्वास्थ्यमन्त्री मेहता

दश वर्ष दुवइमा मजदुरी गरेर फर्किएका टीकाले चितवनको मायाँटारमा सुरु गरेको घरबासमा पर्यटकको आकर्षण

नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

सुन चाँदीकै मूल्यमा सामान्य वृद्धि

विशिष्ट कर्मचारीको इन्धन सुविधा घटाइयो, मन्त्री र संवैधानिक पदाधिकारीको यथावत्

हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

जनताको अवस्था बदल्न नसक्दा कम्युनिष्टहरुले जनमत पाएनौं : वर्षमान पुन

चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.