काठमाडौं, माघ ७-
यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा १३ सयले मूल्य बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ९०० रुपैयाँ थियो ।
जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख ५ हजार २०० रुपैयाँमा आइपुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ ।