काठमाडौं, माघ ६-
नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । ललितपुरको सुमेरु सिटी अस्पतालमा उपचाररत नेता पुनलाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।
उपचारमा संलग्न चिकित्सक पेट रोग विशेषज्ञ प्रा।डा। युवराज शर्माले पुनको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज गरिएको जानकारी दिए ।
चिकित्सकले पुनलाई बेलाबेलामा फलोअप चेकअपमा आउन सुझाव दिएका छन् । पुनको कलेजोमा ८५ प्रतिशतसम्म समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।
कलेजो प्रत्यारोपण नगरेमा विभिन्न स्वास्थ्य जटिलता देखिने डा। शर्माको भनाइ छ ।








