काठमाडौं, माघ ५-
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र स्वास्थ्यमन्त्री पदम गिरीले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र मन्त्री गिरीले अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन्।
जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन्। केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए।








