विराटनगर । जापान पठाउने नाममा ४१ जना युवाको ३ करोडभन्दा बढी रकम ठगी भएको पाइएको छ । ठगिनेमा मोरङका ४० र झापा एक जना छन् । ठगीमा पर्ने मोरङका ४० जना नै राजवंशी समुदायका छन् ।
पीडित युवाहरू न्यायका लागि हारगुहार गर्दै प्रहरी प्रशासनदेखि रोजगार विभागसम्म पुगेका छन् ।
वैदेशिक रोजगारको क्रममा ठगिएका युवाहरुले विभिन्न निकायहरु जाँदा पनि न्याय पाउन ढिलो भएको गुनासो गरेका छन् ।
रोजगारको क्रममा ठगिएको उजुरी आए वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरेर कारबाहीको दायरामा ल्याउने उनले बताए ।








