५ माघ, काठमाडौं –
सामाजिक सञ्जालबाट डरधम्की दिएको र ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
उनीहरुले चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई आफू मोडलिङ क्षेत्रको व्यक्ति हो भन्दै नेपाली गीतहरुको लिंक सेयर गर्न लगाउने, भिडियो कलमा आफू नांगो भई कुरा गर्ने र त्यसको स्क्रिन सट राख्ने र उक्त भिडियो परिवारका सदस्यलाई पठाइदिन्छु भनेर धम्की दिने गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए ।
उनीहरुलाई सामाजिक सञ्जालको दुरुपयोग मार्फत ठगी गरेको कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको प्रहरी उपरीक्षक रायले जानकारी दिए ।








