विराटनगर ,४ माघ –
विराटनगरस्थित कोसी अस्पतालमा जीवित एक नवजात शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट गरिएको छ ।
कोसीमा मृत घोषणा गरेपछि गोल्डेन अस्पतालमा लैजाँदा शिशु जीवित भएको त्यहाँका डाक्टरले बताएपछि आक्रोशित परिवार र आफन्तले डाक्टर यादवमाथि कुटपीट गरेका हुन् ।
कोसी अस्पतालका डा. अनिल यादवले मृत घोषणा गरेका थिए ।
डाक्टरले मृत्यु भइसकेको भनिएकी शिशुको अहिले गोल्डेन अस्पतालमा एनआइसीयू कक्षमा उपचार भइरहेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनाको विषयमा छानबिन भइरहेको बताए ।








