Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, माघ ०१, २०८२
☰
Logo बिहिबार, माघ ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ७. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ८. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • ९. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

  • १०. चितवन कोरिया पुनर्मिलन समाजको अध्यक्षमा दिल कुमार श्रेष्ठ (फोटोफिचर)

कोरियाबाट सीप सिकेर नेपालमा लगानी, चितवनका युवा उद्यमी बन्दै आठ जनालाई रोजगार दिन सफल

चितवन । वैदेशिक रोजगारका क्रममा पन्ध्र वर्ष दक्षिण कोरिया बसेर आएका चितवनका युवा उद्यमी बन्दै अन्य आठ जनालाई रोजगार दिन सफल भएका छन् । भरतपुर–५ तोरी खेतका इभान गिरीले कोरियामा मासिक तीन लाख रुपैयाँ आम्दानी छोडेर नेपाल फर्किएर उद्यमी बनेका हुन् ।

उनले भरतपुर–५ को शान्ति चोकमा उरी मःम उद्योग सञ्चालन गरेर थप आठ जनालाई रोजगार प्रदान गरेका छन् । “हाम्रो उद्योगबाट स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा बिक्री गर्ने गरेका छौँ” गिरीले भने, “२० लाख रुपैयाँबाट सुरु गरेको उद्योगमा अहिले करिब एक करोड रुपैयाँ लगानी पु¥याएको छु ।” कोरिया हुँदा उद्योगमा काम गर्ने क्रममा खाद्य उद्योगमा काम गरेको उल्लेख गर्दै गिरीले नेपालमा नै केही गर्ने उद्देश्यले पाँच वर्ष अघि स्वेदश फर्किएको बताए ।

“लामो समय कोरिया बसेँ, त्यहीँको कार्ड बन्ने तयारी थियो” गिरीले भने, “परिवारबाट घर फर्किए हुन्थ्यो भन्ने इच्छा र मेरो पनि नेपालमै केही गरौँ भन्ने चाहनाका कारण आज यो सफलता हात परेको छ ।” उनी सन् २०१८ मा नेपाल फर्किएर उद्योग सञ्चालन गर्ने तयारी गरेको बताउँछन् । “म वैदेशिक रोजगारबाट फर्किएरपछि घर बनाउने तथा विवाह गर्ने काम गरेँ” गिरीले भने, “कारोनाका कारण नेपालमा लकडाउन भएको समयमा धेरै सोच विचार गर्ने समय मिल्यो र उरी मःम सञ्चालन गरेँ ।”

सुरुमा गिरी दम्पतीले मात्रै उद्योग सञ्चालन गरे पनि विस्तारै लगानी थप्दै जाँदा अन्य श्रमिक पनि थप्दै गएको गिरीले बताए । “एक वर्ष अघि हामी श्रीमान्श्रीमती भएर उद्योग सञ्चालन ग¥यौँ, सुरुमै उद्योग सञ्चालन हुन्छ कि हुँदैन भन्ने ठूलो सन्देह थियो” गिरीले भने, “बजारबाट राम्रो प्रतिक्रिया र माग बढ्न थालेपछि उद्योगमा लगानी बढाएसँगै कामदार पनि थप गर्दै लगेँ ।” कोरियन प्रविधिको प्रयोग गरेर अत्याधुनिक मेसिनबाट उत्पादन गरिएको मःम फ्रोजन गरेर प्याकिङपछि होलसेल तथा खुद्रा बिक्री गर्दै आएको गिरीले बताए ।

गिरीले उद्योगबाट उत्पादन गरेको मःम तीन घण्टाभित्र फ्रोजन गरेर बजारमा पठाउने गरेको बताए । “मेसिनबाट मःम उत्पादन भएपछि फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । चाँडो फ्रोजन भएको मःम गुणस्तरीय हुन्छ” गिरीले भने, “हामीले चाँडो फ्रोजन हुने मेसिन राखेर मःम फ्रोजन गरेपछि बजारमा पठाउने गरेका छौँ ।” मःमको गुणस्तरबारे सचेत भएर उत्पादन गर्दै बिक्री वितरण गर्ने गरेको उल्लेख गर्दै गिरीले गुणस्तरीय उत्पादन भएकै कारण बजारमा माग बढी भएको बताए ।

दैनिक पाँच हजार पिलेट मःम उत्पादन गर्ने उद्योगको क्षमता रहेको उल्लेख गर्दै गिरीले अहिले दैनिक दुई हजार पिलेट मःम मात्रै उत्पादन गरिरहेको बताए । “अहिले हामीले उत्पादन गरेको मःमका लागि बजारीकरणमा खासै समस्या छैन” गिरीले भने, “चितवनमा मात्रै नभएर मकवानपुर, तनहुँ र पाल्पाको रामपुरसम्म हामीले फ्रोजन मःम पु¥याउँदै आएका छौँ ।” गिरी आफूमात्रै उद्यमी बनेर नबस्ने भन्दै विदेशीन तयार युवाहरुलाई स्वेदशमा नै राख्नका लागि आफूले विशेष योजना तयार पारेको बताउँछन् ।

“सानो लगानीमा पनि युवाहरुलाई स्वरोजगार हुनका लागि म सहयोग गर्छु” गिरीले भने, “खाडी मुलुक जान पनि साढे एक लाख रुपैयाँ भन्दा बढी खर्च हुन्छ । तर, त्यो लगानी लिएर यहीँ राम्रो आम्दानी गर्न सकिन्छ ।” युवाहरुलाई आफूले उरी मःमको डिलरशीप दिएर नेपालमै उद्यमशील बन्न प्रेरिरत गर्ने भन्दै उनले मःमको डिलरशीपसँगै तयारी मःमको लागि आवश्यक सम्पूर्ण सामान आफूले उपलब्ध गराइदिने बताए । “एउटा सटर राखेर मःमको डिलरशीप राख्नुभयो भने त्यहाँ तयारी मःमलाई आवश्यक पर्ने सबै सामान म डेलिभरी गरिदिन्छु” गिरीले भने, “त्यो सटरमा पानी, चिसोलगायतका पेय पदार्थ पनि बिक्री गरेपछि खाडीमा हुने कमाइ भन्दा घरमै बसेर राम्रो आम्दानी गर्द सकिन्छ ।”
गिरीले फ्रोजन मःम प्याकिङसँगै तयारी मःम पनि बिक्री गर्ने गरेको बताए । “विवाह, पार्टी लगायत ठाउँमा अलि धेरै अर्डर भएको ठाउँमा हामीले तयारी मःम पनि बिक्री गर्ने गरेका छौँ” गिरीले भने, “उद्योग रहेको ठाउँबाट पनि फ्रोजन प्याकिङ मःमसँगै तयारी मःम पनि बिक्री हुने गरेको छ ।” मःम उद्योगबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको उल्लेख गर्दै गिरीले काम गर्न चाहनेका लागि स्वदेशमा अवसर भएको बताए ।

अहिले उरी मःमको स्टल १४औँ चितवन महोत्सवको खाना तथा रेष्टुरेन्ट परिसरमा पनि राखिएको छ । नारायणी नदी किनारमा जारी महोत्सवमा रेष्टुरेन्ट राखेर ग्राहकहरुलाई तयारी मःमको सेवा दिइरहेको गिरीले बताए ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
झापामा बालेनका लागि खोजियो घर
४ माघमा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने
जेनजी मुभमेन्टले भन्यो : रविलाई उन्मुक्ति दिनु आपत्तिजनक

ताजा समाचार

सबै

झापामा बालेनका लागि खोजियो घर

४ माघमा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने

जेनजी मुभमेन्टले भन्यो : रविलाई उन्मुक्ति दिनु आपत्तिजनक

सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटमा बिहानैदेखि भक्तजन भीड

चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

आज बिहिबार यी राशिहरूका लागि शुभ हेर्नुहोस् राशिफल

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

चितवनमा माघ २ देखि ४ गतेसम्म नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.