काठमाडौं, ३ माघ –
नेपाल टेलिकमको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । देशभर समस्या देखिएको हो । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।
उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।
टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै प्रतिक्रिया दिएको छैन ।