२ माघ, पोखरा –
श्रीमान अमेरिका र श्रीमती अष्टेलियामा थिए । उनीहरूले योजना बनाए, पुस अन्तिम साता काठमाडौंमा भेट्ने र पोखरा जाने । घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने ।
दुई मुटु दुईतिर भएर नबस्ने । यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने ।
काठमाडौंबाट जुन जहाजमा उनीहरू पोखरा ओर्लिँदै थिए, त्यही जहाज बिहान करिब ११ बजे सेती खोँचमा दुर्घटनामा पर्यो । सँगै बाँच्ने कसम खाएका उनीहरूले एकै ठाउँमा ज्यान गुमाए ।








