चितवन, माघ १ –
– विनय आचार्य
युके सिजनल वर्किङ्ग भिषा २०२३ खुलिसकेको छ । ६ महिनाका लागि सिजनल वर्किङ्ग कृषि भिषा युकेका लागि खुलाइएको हो ।
जसको लागि एप्लाई, डकुमेन्टेशन र प्रोशेसिङ्गका सबै काम चितवनबाटै हुने भएको छ । भरतपुरको सिनर्जी रोडमा रहेको गोल्डेन जब सेन्टरबाट युके सिजनल भिसाको सम्पूर्ण कार्य गरिने सेन्टरका सञ्चालक प्रकाश भुषालले चितवन आजलाई जानकारी दिए ।
आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया जब सेन्टरबाटै गरिने भएकाले सिजनल भिषामा युके जान चाहने चितवन बासीका लागि यो ठूलो अवसर भएको भुषाल बताउँछन् । चितवनमात्र नभई जुनसुकै जिल्लाका बासिन्दा भए पनि एप्लाई गर्न सकिने उनको भनाइ छ ।
त्यतिमात्र होइन स्वदेशमै रोजगारी गर्न चाहनेहरुका लागि पनि स्वदेशमै रोजगारी मिलाइने भुषालको दाबी छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार