Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत २३, २०८२
☰
Logo सोमबार, चैत २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ७. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ८. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • ९. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • १०. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

‘जनयुद्ध’ लड्ने जनताका छोराछोरी, पदका हकदार प्रचण्डका नातेदार !

काठमाडौं, पुष ३०-
‘कसैलाई अवसरको खातैखात कसैलाई पुर्पुरोमा हात’ भनेजस्तै भएको छ नेकपा (माओवादी केन्द्र) मा रहेका कतिपय नेता कार्यकर्तालाई। कसैका परिवारका सबै सदस्यले पालैपालो एकपछि अर्को अवसर पाउँदा कतिपय नेता कार्यकताहरु कष्टप्रद जीवन ब्यतित गर्न बाध्य छन्।

माओवादीको जनयुद्धमा सहभागी भएर जोखिमपूर्ण युद्ध लडेका नेता कार्यकर्ताको जीवन कष्टप्रद रुपमा बितिरहेको बेला प्रचण्डका परिवारका सदस्यले भने अवसर नै अवसर प्राप्त गरेका छन्।

जनयुद्ध लडेका घाइते लडाकुहरु स्वास्थ्योपचार गर्न नसकेर सडकमा भौतारिरहँदा सोही पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका नातेदारहरुलाई अवसरको खातैखात लागेको छ।

लामोसमय देखि माओवादीमा लागेका, जनयुद्धको कठिन अवस्थामा जीवन अर्पण गरेका नेता कार्यकर्ताहरु स्वदेशमा जीवनयापन गर्न कठिन भएर अधिकांश विदेशिएका छन्।

अधिकांश पूर्वलडाकुहरु खाडी मुलुकमा रोजगारीका लागि शारीरिक श्रम गरिरहेका छन्। तर, प्रचण्डकै नातेदारहरुले भने लाभका पद पाउने क्रम दिनानुदिन बढ्दै गरेको छ। माओवादीमा प्रचण्डको नातेदार भएकै कारण लाभको पद धारण नगर्ने सायद कमै होलान्।

यस्तै पछिल्लो पटक फेरि अवसर प्राप्त गरी लाभको पद धारण गर्ने पंक्तिमा पर्दछन् प्रचण्डका कान्छा ज्वाँइ जीवन आचार्य। उसोत यसअघि मोरङ क्षेत्र नं ६ प्रदेशसभातर्फ ९१० बाट पराजित भएका उनी उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष सल्लाहकारमा नियुक्त भएर लाभको पद धारण गरिसकेका थिए।

उनी शुक्रबार मात्रै १ नं प्रदेशको मन्त्री नियुक्त भएका छन्। यसपटक मोरङ क्षेत्र नं ६ प्रदेशसभातर्फ ९१० बाट निर्वाचित उनलाई १ नं प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार पद तथा गोपनियताको शपथ दिलाए।

मन्त्री बनेका उनी प्रचण्डकी कान्छी छोरी गंगा दाहालका पति हुन्। आचार्यकी श्रीमती गंगा दाहाल अध्यक्ष तथा प्रधानमन्त्री बुबा पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव छिन्।

प्रदेशको मन्त्री नियुक्त भएका उनको मन्त्रालय भने तोकिएको छैन। सत्ता गठबन्धनमा रहेका दलको सहमतिमा मन्त्रालयको टुंगो लगाउने बताइएको छ।

प्रचण्डका ज्वाँई आचार्यले शुक्रबार १ नं प्रदेशको मन्त्रीमा नियुक्त भएर शपथ ग्रहण गरेसँगै माओवादी वृत्तमा आलोचना सुरु हुन थालेको छ। माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा सहभागी अधिकांश नेताकार्यकर्ताहरुले उनको आलोचना सुरु गरेका छन्।

माओवादीकै प्रदेश १ सिनियर नेताहरुले असन्तुष्टि जनाइरहेका छन्। उक्त प्रदेशमा माओवादीले मुख्यमन्त्री दाबी गर्दा समेत उनै आचार्यले केन्द्रमा ससुरा प्रधानमन्त्री प्रचण्डसँग मुख्यमन्त्री नदिन लबिङ गरेको भन्दै १ नं प्रदेशसभाका माओवादी सांसदहरुले असन्तुष्टि ब्यक्त गरिरहेका थिए।

मुख्यमन्त्री माओवादीले पाए संसदीय दलका नेता इन्द्र आङबो बन्ने र आफू मन्त्री हुन नपाउने भएकाले आचार्यले केन्द्रमा १ नं प्रदेश एमालेलाई छाड्न दबाव दिएको माओवादीकै प्रदेश १ का नेताहरु बताउँछन्।

अधिकांश सिनियर नेताहरुलाई पछि पार्दै मन्त्री बनेका उनको पार्टीमा राजनीतिक योगदान खासै नभएको बताइन्छ। प्रचण्डकी छोरी गंगा दाहालललाई विहे गरेपछि मात्रै उनी माओवादीमा जोडिएको स्वयम माओवादी नेताहरु बताउँछन्।

प्रदेश १ का एक माओवादी नेताले आचार्य मन्त्री बन्न अभिशप्त भएका घटनाले जनयुद्धकालीन इमान्दार कार्यकर्ताहरुको अपमान भएको बताउँछन्।

प्रचण्डका ज्वाँइ भएकै कारण आचार्यले छोटो समयमै पार्टीमा लाभको पद धारण गर्नुले इमान्दार नेता कार्यकर्ताको योगदानको उपहास भएको उनले बताए।

आचार्य मन्त्री बनेसँगै माओवादीका ती नेताले भने,‘प्रचण्डकै ज्वाँइ भएका उनलाई मन्त्री बन्न किन यति लालयित हुनुपर्नेरु, उनलाई कसले चिन्दैन उनको प्रचण्डसँग जोडिएको पारिवारिक नाताले मुख्यमन्त्री लगायत सबैले महत्व दिन्थे तर यसरी मन्त्री बन्न अभिशप्त हुँदा परिवारवादको फेरि अर्को आरोप प्रचण्डले खेप्नुपर्यो। यसको समग्रमा हानि पार्टीलाई हुन्छ ’

ती नेताका अनुसार आचार्यलाई मन्त्री बनाउन केन्द्रबाटै तीव्र दबाव दिइएको थियो। फलस्वरुप माओवादीका अधिकांश प्रदेशसभा सदस्यहरुको असन्तुष्टिका बाबजुद उनलाई मन्त्री नियुक्त गरिएको हो।

माओवादीमा प्रचण्डलाई परिवारवादको आरोप लागेको घटना यो नौलो भने होइन। यसअघिका पनि प्रचण्डका अन्य नातेदारहरुले पटक– पटक अवसर पाएकोे लामै फेहरिस्त छ।

उनकी अर्की छोरी रेणु दाहाल अहिले दोस्रो कार्यकाल भरतपुर महानगरपालिकाको मेयरको कार्यभार सम्हालिरहेकी छिन्। उनी दुई पटक नै नेपाली कांग्रेसको सहयोगमा निर्वाचित भएकी हुन्। अघिल्लो पटक निर्वाचित हुँदा मतपत्र च्यातेर निर्वाचन जितेको गम्भीर आरोप उनीमाथि लागेको थियो।

पार्टीमा योगदान बिना प्रचण्डकै नातेदार भएकाले अवसर पाएको घटनाका फेहरिस्त लामै छन्। केही समय अगाडि अष्ट्रेलियका राजदूत बनाइएका महेश दाहाल समेत यसको अर्को उदाहरण हुन्।

चितवन निवासी दाहाल माओवादीमा कुनै योगदान भएका पात्र होइनन्। उनी तत्कालीन नेकपाताका कांग्रेसबाट माओवादीमा प्रवेश गरेका थिए। प्रचण्डका पारिवारिक नातेदार भएकै उनी अष्ट्रेलियको राजदूत बन्न सफल भए। जबकी उनको सम्पूर्ण परिवारका सदस्य आजसम्मै नेपाली कांग्रेसमा आवद्ध छन्।

अष्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई मानव वेचविखनको मुद्दा लागेर राजीनामा दिएपछि दाहाल राजदूत नियुक्त भएका थिए। प्रचण्डकै नाता पर्ने भएकाले राजदूत हुन सफल भएको भन्दै माओवादीमा उनको तीव्र आलोचना भएको थियो।

तर, प्रचण्ड नेतृत्वको पार्टीमा उनीविरुद्ध बोल्ने हिम्मत कसैले गर्दैनन्। नेतृत्वको विरुद्धमा बोले किनाराकृत गरिन्छ। त्यसैले अवसरबाट बञ्चित भइने भयले माओवादीमा नेता कार्यकर्ताहरु बोल्न डराउँछन्।

तत्कालीन नेकपाकालमा केपी ओली नेतृत्वको सरकारमा बुहारी विना मगरलाई मन्त्री नियुक्त गरेका थिए। सुदूरपश्चिमका उनका समकालीन नेताहरु जिल्ला तहमै काम गरिरहेका छन्। तर उनी प्रचण्डकै बुहारी भएकै कारण खानेपानी मन्त्री हुन सफल भएकी थिइन्।

यस्तै नाताले प्रचण्डका भाइ पर्ने नारायण दाहाललाई केही समय अगाडि राष्ट्रिय सभाको सांसद बनाइएको थियो।

दाहालका छोरा समिर दाहाल प्रचण्डको दोस्रो प्रधानमन्त्रीत्वकालमा स्वकीय सचिव रहेका थिए। प्रचण्डसँग पारिवारिक नातेदार भएकै कारण आर्थिक अपारदर्शितामा जोडिएका यिनै नारायण दाहालका नाति एवं समीर दाहालका छोराको बिहेलाई लिएर माओवादीभित्र चर्को आलोचना भएको थियो।

समिर दाहालका छोराको मंसिर १६ गते काठमाडौंको गोकर्ण रिसोर्टमा भएको बिबाहमा करोडौं खर्च गरेर बिहे गराइएको भन्दै माओवादी निकट बुद्धिजीवी संगठनका सहसंयोजक निलकण्ठ तिवारीले सामाजिक सञ्जालमै आलोचनात्मक टिप्पणी गरेका थिए।

यी त प्रतिनिधिमूलक घटनामात्रै भए अध्यक्ष प्रचण्डसँग नाता जोडिए मात्रैपनि माओवादीमा अवसरै अवसर पाइन्छ भन्ने अर्को उदाहरण हो। गुल्मीबाट उम्मेदवारी दिएका माओवादी नेता बुद्धि जिसी हुन्।

उनले प्रचण्डका सम्धी रेणु दाहालका ससुरा टिबी पाठककी छोरी बिहे गरेका छन्। रेणुको नन्दसँग बिहे गरेका उनीे यसपटक गुल्मी २९ख०बाट लुम्बिनी प्रदेशसभामा उम्मेदवारी दिएका थिए। यद्यपि पराजित हुन पुगे।

माओवादीका अधिकांश जनयुद्धकालीन नेताहरुको आर्थिकरुपमा कष्टपूर्ण जीवन ब्यतित गरिरहेको बेला प्रचण्डका नातेदारहरुलाई एकपछि अर्को गर्दै लाभको पद दिलाइनुले माओवादी कमजोर भएको माओवादीकै इमान्दार नेता कार्यकर्ताहरु बताउँछन्।

पार्टीमा इमान्दारितापूर्वक काम गर्ने भन्दा नेतृत्वको नजिक भएकै कारण अवसर पाउने प्रवृत्तिले पार्टीमा लामो योगदान गरेका नेता कार्यकर्ताहरु राजनीतिबाट निराश हुँदै पलायन भएको बताइन्छ।

–डिसी नेपाल अनलाइनबाट यो समाचार साभार गरिएको हो ।

Chitwan Aaja चितवन आज
शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण
जनताको अवस्था बदल्न नसक्दा कम्युनिष्टहरुले जनमत पाएनौं : वर्षमान पुन
चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन

ताजा समाचार

सबै

ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

जनताको अवस्था बदल्न नसक्दा कम्युनिष्टहरुले जनमत पाएनौं : वर्षमान पुन

चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन

संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

सरकारलाई खुस्बु ओलीको सुझावः ठूला आर्थिक निर्णयहरू सानो घेरामा बसेर नगरौं

सदनमा अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्छः सांसद बुर्लाकोटी

चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सुरु हुने

सिराहा नगरपालिकामा विवाद : मेयर डा. यादवमाथि कर्मचारी कुटेको आरोप

अमेरिका र इजरायलद्धारा इरानको विश्वविद्यालयमा आक्रमण

सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ४ सय निर्धारण

फेवाताल जग्गा प्रकरणः आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

सरकारप्रति सेयर लगानीकर्ता असन्तुष्ट, सिंहदरबार अगाडि प्रदर्शन

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.