काठमाडौं, पुस २९ –
पाकिस्तानी नागरिकको अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
अपहरण गरेको आरोपमा तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
बुढानिलकण्ठ नगरपालिका-४ बस्दै आएका ३० वर्षीय मुहम्मद रसिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैनलाई प्रहरीले पक्राउ गरेको कार्यालयका प्रवक्ता तथा एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। पक्राउ परेका तीनै जना पनि पाकिस्तानी नागरिक हुन्।
उनीहरूले पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई काठमाडौंमा अपहरण गरी बन्धक बनाएको आरोप छ।








