चितवन, पुस २९ –
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ । आज (शुक्रबार) भरतपुरमा भएको संस्थाको आठौँ जिल्ला अधिवेशनले गोविन्द अर्यालको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा सागर ढुंगाना, सचिवमा रविन सुवेदी, सहसचिवमा कालिका कर्मी आयुष न्यौपाने, कोषाध्यक्षमा सुशिल पन्त क्षेत्री चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा बन्दना देवकोटा, मणिराज अधिकारी, प्रेमप्रसाद सापकोटा, सुरज परियार, हिरालाल आचार्य, र युवराज शर्मा सर्वसम्मत चयन हुनु भएको छ । यस्तै अधिवेशनले सन्तोष बस्ताकोटी र राजकुमार देउजालाई केन्द्रिय प्रतिनिधि चयन गरेको छ । यो समितिको कार्यकाल तीन बर्षे रहेको छ ।
नवगठित चलचित्र पत्रकारसंघ नेपाल चितवन शाखाका अध्यक्ष गोविन्द अर्यालले नेपाली चलचित्रलाई दर्शक समक्ष सुचना प्रवाह गर्नमा अग्रसर भएर लाग्ने प्रतिवद्धता जनाउनु भएको छ । संस्थाका निवर्तमान अध्यक्ष रवि अधिकारीले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै चलचित्र क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य कुँवेर डंगोल, पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाश ज्ञवाली, सचिव दिपेन्द्र अधिकारी, नेपाल प्रेस यूनिय चितवनका केन्द्रिय सदस्य वसन्त पराजुली, जिल्ला अध्यक्ष अनिल ढकाल लगायतको उपस्थिति रहेको थियो ।