गैँडाकोट पुष २९
नवलपरासीको सुनवलमा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको ना ४ च ९६३१ नम्बरको पिकअप र विपरित दिशातर्फ जादै गरेको ना ५ ख ९७१५ नम्बरको ट्रक एक आपशमा ठक्करखाँदा पीकअपका चालकको ज्यान गएको हो ।
मृत्युहुनेमा पिकअप चालक भरतपुर महानगरपालिका वडा नं.१४ शिवनगरका ५२ वर्षका राजकुमार विक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।दुर्घटनामा परि पिकअपमा सवार भरतपुर २३ का वर्ष २५ का शिव श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको देवदह मेडिकल कलेज भलुहीमा उपचार भैरहेको छ ।
ट्रक चालक जिल्ला मकवानपुर मनहरी गाउंपालिका वार्ड नं ३ हांडिखोला बस्ने बर्ष ४८ को कान्छा तामाङ सहित दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।