चितवन, २७ पुस –
चितवन महोत्सवस्थलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । जिल्लामा रगतको माग बढ्दै गएकाले आपूर्ति सहज बनाउन आयोजना गरिएको रक्तदान कार्यक्रममा छ महिलासहित ३० जनाले रक्तदान गरेका हुन् ।
महोत्सवको स्वास्थ्य समिति संयोजक धनप्रसाद पोखरेलले जानकारी दिए । उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य एवं स्वास्थ्य समिति संयोजक धनप्रसाद पोखरेलले महोत्सवस्थलभित्र दैनिक स्वास्थ्य शिविर एवं स्वास्थ्य सम्बन्धी विभिन्न सामाजिक कार्य सञ्चालन भइरहेको जानकारी दिए ।
महोत्सव स्थलभित्र २८ र २९ गते निःशुल्क दन्त परीक्षण तथा रक्तचाप परीक्षण, ३० गते रक्तदान कार्यक्रम तथा माघ ३ गते आँखा शिविर सञ्चालन गरिने पोखरेलले बताए । चितवन महोत्सव अवलोकनका लागि जाने जोकोही अवलोकनकर्ताले निःशुल्क स्वास्थ्य परीक्षण गराएर लाभ लिनसक्ने पोखरेलको भनाइ छ । स्वास्थ्य शिविरमा उपलब्ध औषधिहरु बिरामीलाई निःशुल्करुपमा प्रदान गरिएको समेत पोखरेलले जानकारी दिए ।






