चितवन, बैशाख २ –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा चितवनबाट आज ३ हजारभन्दा बढी प्रवेश गरेका छन् । आज भरतपुरमा आयोजित विशाल आमसभामा उनीहरु प्रवेश गरेका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रवेश गरेकाहरु मध्ये केहीलाई स्टेजमै स्वागत गरे ।
पार्टीका जिल्ला प्रवक्ता राजु भण्डारीका अनुसार पार्टी प्रवेश गर्नेहरुमा करिब २ हजार भरतपुर महानगर क्षेत्रका छन् । महानगरको वडा नम्बर १, ११,१४, १५, १७, २० बाट प्रवेश गर्ने धेरै छन् । माडी नगरपालिकामा वडा नम्बर ७, ८, ९ का धेरै छन् । यस्तै राप्ती, कालिकाबाट राप्रपामा पार्टी प्रवेश गरेका छन् ।
कांग्रेस, एमाले, माओवादीबाट राप्रपामा प्रवेश गरेका भण्डारीले जानकारी दिए ।
आजको आमसाभामा अध्यक्ष राजेन्द्र लिङदेन, केन्द्रीय उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री कुन्ती शाही, केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही लगायतको उपस्थिति रहको थियो ।